प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै
थानकोट ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् ।
दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन् ।
ओली नेपाली कांग्रेसको सहयोगमा असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।
त्यसको भोलिपल्ट उनले पद तथा गोपनीयताको शपथ लिएका थिए ।
सोही दिन ओली नेतृत्वको सरकारले पूर्णता पाएको थियो ।
सरकारमा नेकपा (एमाले) र कांग्रेससहित जसपा र लोसपा सहभागी छन् ।










