नेपाल प्रिमियर लिग क्रिकेटः आज चितवन र लुम्बिनी तथा कर्णाली र पोखराबीच खेल हुने

Thankot Times

थानकोट ।

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज मंगलबारको २ खेल हुँदैछन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने दिनको पहिलो खेलमा बिहान ९ बजे चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगितामा लुम्बिनी अझै जीत विहिन छ ।

यता, प्रतियोगिताका चारमध्ये तीन खेलमा जित निकालेको चितवन भने आज जितसहित प्लेअफ सम्भावनालाई बलियो बनाउने लक्ष्यमा हुनेछ ।

दिनको दोश्रो खेलमा कर्णाली याक्सलाई पोखरा एभेन्जर्सले चुनौती प्रस्तुत गर्नेछ । यो खेल दिउँसो १ बजे सुरु हुनेछ ।

तालिकाको चौथो स्थानमा आसिन कर्णालीले चार खेल खेल्दा दुई जितसहित चार अंक जोडेको छ । तीन खेलबाट दुई अंक जोडेको पोखरा तालिकाको पाँचौँ स्थानमा छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *