नेपाल प्रिमियर लिग क्रिकेटः कर्णालीको तेस्रो जित, बोसिस्टो एक्लैले लिए पोखराको ६ विकेट

Thankot Times

थानकोट । 

कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध सात विकेटको सहज जित निकालेको छ ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा पोखराले दिएको १०४ रनको सामान्य लक्ष्य कर्णालीले १५ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो ।

कर्णालीको जितमा गुल्सन झा ४९ रनमा अविजित रहे ।

पोखराका कप्तान कुशल भुर्तेल, विपीन खत्री र सागर ढकालले समान एक लिए । 

त्यसअघि कर्णालीका विलियम बोसिस्टोले घातक बलिङ गरेपछि पोखरा १६.३ ओभरमा १०३ रनमै समेटिएको थियो ।

कर्णालीका बोसिस्टोले पोखराका ६ ब्याटरलाई पभेलियनको दिशा देखाएका थिए ।

चार ओभर बलिङ गरेका बोसिस्टोले २८ रन खर्चिए ।

कर्णालीविरुद्ध पोखराका आन्द्रियस गौसले २५ रन बनाए ।

कप्तान कुशल भुर्तेल र विपीन खत्रीले समान १० रन जोडे । यसबाहेक, पोखराका अन्य ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् ।

जितसँगै पाँच खेलबाट ६ अंक जोडेको कर्णाली तालिकाको चौथो स्थानमा छ । चार खेलबाट दुई अंक जोडेको पोखरा भने तालिकाको छैटौँ स्थानमा झरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *