नेपाल प्रिमियर लिग क्रिकेटः आज लुम्बिनी र कर्णाली तथा विराटनगर र चितवनबीच खेल हुने

Thankot Times

थानकोट ।

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज  शुक्रबार २२औ र २३औ खेल हुने तालिका रहेको छ ।

आजको पहिलाे खेलमा लुम्बिनी लायन्स र कर्णाली याक्सका  प्रतिस्पर्धा हुँदैछ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा हुने प्रतिस्पर्धामा दुवै टोली पहिलो पटक आमुने सामुने हुँदैछन् ।

यो खेल बिहान ९ बजेबाट सुरू हुनेछ ।

यसअघि ६ खेल खेलमा पारजित भएर प्लेअफ होडबाट बाहिरसकेको लुम्बिनी लिगकै अन्तिम खेल खेल्दैछ ।

अर्कोतर्फ कर्णाली याक्स लुम्बिनीलाई हराएर प्लेअफ यात्रा अझ बलियो बनाउने लक्ष्यमा छ ।

दोस्रो खेलमा प्लेअफ पुग्ने गणितीय सम्भावना कायम राख्न जित्नै पर्ने दबाबसहित  विराटनगर किंग्सले चितवन राइनोजविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

यो खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

पाँच खेलमध्ये चारमा हार र एकमा जित निकालेको विराटनगर अंक तालिकाको पुछारमा छ ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरको खातामा दुई अंक मात्र छ ।

आजको खेलमा चितवनविरुद्ध पराजित भए विराटनगर प्रतियोगिताको प्लेअफ समीकरणबाट बाहिरिने दोस्रो टिम बन्नेछ । 

अंक तालिका हेराैं


Leave a Reply

Your email address will not be published. Required fields are marked *