नेपाल प्रिमियर लिग क्रिकेटः कर्णालीले लुम्बिनीलाई दियो १२९ रनको लक्ष्य
थानकोट।
काठमाडाैंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सविरुद्ध कर्णाली याक्सले १२९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको कर्णालीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १२८ रनको योगफल खडा गरेको हो ।
कर्णालीका लागि विलियम बोसिस्टोले सर्वाधिक ४४ रन जोडे भने अर्जुन घर्तीले २५ रन बनाए । प्रतियोगिताको सुपर ४ बाट बाहिरिसकेको लुम्बिनीका लागि विकास अग्रीले ३ विकेट लिए भने तिलक भण्डारीले २ विकेट लिए ।
लुम्बिनी प्रतियोगितामा अन्तिम खेलमा जित निकाल्दै सुखद अन्त्य गर्ने सोंचमा छ भने कर्णाली याक्स लुम्बिनीलाई हराएर प्लेअफ यात्रा अझ बलियो बनाउने लक्ष्यमा छ ।














