यू-१९ महिला एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाइ

Thankot Times

थानकोट ।

एसीसी यू-१९ महिला एसिया कपका लागि मलेसिया जाने नेपाली युवा राष्ट्रिय महिला टिमको बिदाइ गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली टिमको बिदाइ गरेको हो ।

आईसीसी यू-१९ विश्वकप एसिया छनोट च्याम्पियनका हैसियतमा नेपाल एसिया कप खेल्दै छ ।

नेपाली टिमको नेतृत्व पूजा महतोले गर्नेछिन् ।

प्रतियोगिता डिसेम्बर १५ देखि २२ सम्म मलेसियामा हुँदैछ ।

प्रतियोगितामा नेपाल समूह ‘बी’मा छ । यो समूहमा नेपालसँगै भारत र पाकिस्तान छन् ।

नेपालले डिसेम्बर १६ मा पाकिस्तान र १७ मा भारतको सामना गर्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *