नेपाल प्रिमियर लिग क्रिकेटः चितवन राइनोजमाथि विराटनगर किंग्सको सहज जित
थानकोट ।
नेपाल प्रिमियर लिग क्रिकेट अन्तर्गत शुक्रबार सम्पन्न दिनको दोश्रो खेलमा विराटनगर किंग्स विजयी भएको छ।
विराटनगरले चितवन राइनोजलाई ५१ रनले पराजित गरेको हो ।
त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको विराटनगरले ५ विकेट गुमाएर १८१ रनको योगफल तयार पारेको थियो।
उक्त लक्ष्य पछ्याउने क्रममा चितवनले ६ विकेट गुमाएर १३० रन मात्रै बनाएर पराजित हुन पुग्यो।
प्रतियोगितामा विराटनगरको यो दोस्रो जित हो । चितवनका अमर रौटेलाले सर्वाधिक ४२ रन बनाए ।
विराटनगरका कप्तान सन्दीप लामिछानेले दुई विकेट लिए ।
विराटनगरका बसिर अहमेदले सर्वाधिक ६८ रन बनाएका थिए ।














