नेपाल प्रिमियर लिग क्रिकेटः आज पोखरा र काठमाडाैं तथा जनकपुर र चितवनबीच खेल हुने
थानकोट ।
काठमाडाैंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज शनिबार दुइ खेल हुँदैछन्
दिनको पहिलो तथा प्रतियोगिताको २४औँ खेलमा बिहान ९ बजे पोखरा एभेन्जर्स र काठमाडौँ गुर्खाज भिड्दैछन् ।
प्रतियोगितामा दुवै टोलीले समान २ खेलमा जित र ३ खेलमा हार बेहोरेका छन् ।
दुवै टोलीले ४ अङ्क बटुल्दै छैटौँ र सातौँ स्थानमा रहेका छन् । शनिबारको खेल जित्ने टोलीको प्लेअफ सम्भावना जिवितै रहने छ भने पराजित टोलीको प्लेअफ सम्भावना सकिनेछ ।
शनिबार नै हुने दिनको दोश्रो तथा प्रतियोगिताको २५औँ खेलमा दिउँसो १ बजे चितवन राइनोज र जनकपुर बोल्ट्सबीच खेल हुने छ ।
जनकपुरले प्लेअफ खेल्ने समेत पक्का भइसकेको छ । अब जनकपुरको लक्ष्य भनेको शीर्ष २ मा पर्दै क्वालिफायर खेल्ने हुनेछ । यता चितवन भने शुक्रबारको हारपछि जित्नैपर्ने दबाबमा छ ।
जनकपुरले चितवनलाई हराएमा जनकपुरको शीर्ष २ पक्का हुनेछ भने चितवनले अन्य खेलको नतिजा कुर्नुपर्ने छ । त्यसैगरी चितवनले जितेमा भने जनकपुर १० अंकमै सीमित रहनेछ भने चितवनको प्लेअफ सम्भावना बलियो रहन्छ ।











