नेपाल प्रिमियर लिग क्रिकेटः पोखराले काठमाडौं सामु पेश गर्यो १३९ रनको विजयी लक्ष्य

Thankot Times

थानकोट ।

काठमाडाैंमा जारी नेपाल प्रिमियर लिग क्रिकेटमा पोखरा एभेन्जर्सले काठमाडौँं गुर्खाजसामु जितका लागि एक सय ३९ रनको लक्ष्य दिएको प्रस्तुत गरेको छ ।

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबारको पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३८ रनको योगफल तयार पारेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा पोखराका लागि  रामोन रिफले ३० बलमा तीन छक्का र एक चौकाको मद्दतले  अविजित ४१ रन बनाएका थिए भने   दिनेश खरेलले ३८, दिलिप नाथले २७ रन बनाएका हुन् ।

काठमाडौँंका लागि रासिद खान र कप्तान करण केसीले समान तीन तथा जेरार्ड इरास्मस र माइकल लेभिटले समाए एक विकेट लिए ।

दुवै टोली जित निकाल्दै प्लेअफको सम्भावनालाई बलियो बनाउन चाहन्छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *