नेपाल प्रिमियर लिग क्रिकेट: पोखरामाथि काठमान्डु गुर्खाजको सहज जित
थानकोट ।
काठमान्डु गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शनिबार पोखरा एभेन्जर्समाथि ६ विकेटको जित हात पारेको छ ।
इस्किनाजीले ६० रन बनाएपछि गुर्खाजले १ सय ३९ रनको लक्ष्य केवल १४.१ ओभरमै १ सय ४२ रन बनाउँदै पूरा गरेको थियो ।
जितपछि काठमान्डु गुर्खाजको ६ खेलमा ६ अंक भएको छ । चितवन राइनोज र गुर्खाजको समान ६ अंकसहित क्रमशः चौथो र पाँचौं स्थानमा छ । जनकपुर बोल्ट्स १० तथा सुदुरपश्चिम रोयल्स र कर्णाली याक्स समान ८ अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् । शीर्ष चार टोली प्लेअफमा पुग्ने छन् ।
काठमान्डुले आइतबार विराटनगर किंग्ससँग आफ्नो अन्तिम खेल खेल्ने छ ।














