नेपाल प्रिमियर लिगः जनकपुरलाई चितवनले पराजित गरेपछि प्ले अफका लागि नयाँ समीकरण बन्यो

Thankot Times

थानकोट।

काठमाडाैंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) प्रतियोगितामा शनिबार सम्पन्न दिनको दोश्रो खेलमा जनकपुर बोल्ट्सलाई चितवन राइनोजले स्तब्ध बनाएको छ ।

जितसँगै चितवनको प्लेअफ पुग्ने सम्भावना बलियो बनेको छ ।

यसअघि नै प्लेअफमा स्थान पक्का गरिसकेको जनकपुरलाई चितवनले ३२ रनले पराजित गरेको हो।

चितवनले जनकपुरलाई हराएपछि विराटनगर किंग्स र पोखरा एभेन्जर्स भने आफ्नो अन्तिम लिग खेल नै प्लेअफ होडबाट बाहिरिएका छन् । यस्तै लुम्बिनी लायन्स यसअघि नै लिग चरणबाट बाहिरिसकेको छ

अब प्लेअफको बाँकी तीन स्थानका लागि चार टिम होडमा छन् ।आइतबार काठमान्डु र विराटनगर तथा सुदूरपश्चिम र पोखराबीच खेल हुनेछ ।

काठमान्डुलाई प्लेअफ पुग्न अन्तिम खेल आफूअनुकुल जित्नैपर्ने बाध्यता छ । काठमान्डु विराटनगरसँग पराजित भएका भने सुदूरपश्चिम, कर्णाली र चितवन प्लेअफ पुग्नेछ ।

१८२ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्टस १८ ओभरमा सबै विकेट गुमाएर १४८ रनमा अलआउट भयो ।

जनकपुरका लागि जीमी नीशकले आक्रमक ब्याटिङ गर्दै २४ बलमा ६५ रन बनाएपनि जिताउन सकेनन् । १८ बलमै अर्धशतक हानेका निशम एनपीएलमा सबैभन्दा छिटो अर्धशतक बनाउने खेलाडी बने ।

उनले २४ बल खेल्दै ५ चौका र ६ छक्का प्रहार गरे । आसिफ शेखले २३ रन जोडे । अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

चितवनका रिजन ढकाल, सोहेल तनविर र कुशल मल्लले २-२ विकेट लिए । अमर सिंह राउटेलाले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले कुशल मल्लको अर्धशतक मदतमा ५ विकेट गुमाएर १८० रन बनाएको हो । मल्लले ४१ बल खेल्दै ३ चौका र ६ छक्का प्रहार गरे ।

बलिङमा जनकपुरका लागि ललित राजवंशीको नाउँमा २ विकेट रह्यो ।

शनिबारको खेलपछि यस्तो छ अंक तालिकाः


Leave a Reply

Your email address will not be published. Required fields are marked *