त्रिवि क्रिकेट मैदानमा क्रिकेटका ‘दी प्रिन्स’
थानकोट ।
वेष्ट इन्डिजका क्रिकेटर ब्रायन लारा शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान पुगेका छन् ।
जारी नेपाल प्रिमियर लिग क्रिकेट हेर्न उनी कीर्तिपुर पुगेका हुन् ।
५५ वर्षीय क्रिकेटर लारा एक इनिङ्समा सबैभन्दा धेरै रन बनाउने कीर्तिमानका समेत धनी हुन् ।
२० वर्षअघि इंग्ल्याण्ड विरुद्ध उनले नटआउट ४०० रनको कोशेढुङ्गा बनाएका थिए जुन आज पर्यन्त अविजित छ । शुक्रबार नेपाल आएका ब्रायन लारा केही दिन नेपालमा रहनेछन् ।
सबै तस्बिरः नेपाल प्रिमियर लिग















