नेपाल प्रिमियर लिग क्रिकेटः आज काठमाण्डु र विराटनगर तथा पोखरा र सुदूरपश्चिमबीच खेल हुने

Thankot Times

थानकोट ।

काठमाडाैंमा जारी नेपाल प्रिमियर लिग क्रिकेटमा आज आइतबार दुइ खेल हुने तालिका रहेको छ ।

दिनको पहिलो खेलमा बिहान ९ बजे काठमाण्डू गोर्खाज र विराटनगर किंग्सबीच खेल हुने छ । 

दुवै टोलीको यो समूह चरणको अन्तिम खेल हो । यसअघिका ६ खेलमध्ये काठमाडौं तीन खेलमा विजयी भएको छ । विराटनगर किंग्सले ६ मध्ये दुई खेल मात्र जितेको छ ।

सुदूरपश्चिमका लागि आजको खेल शीर्ष दुईमा पुग्नका लागि महत्वपूर्ण हुनेछ ।

यदि आजको पहिलो खेलमा काठमान्डु विराटनगरसँग हारेमा सुदूर दुई खेल बाँकी हुँदै प्लेअफमा पुग्नेछ ।

आजको खेल र अन्तिम खेलमा कर्णालीसँग पराजित भएमा मात्र सुदूरपश्चिम शीर्ष दुईमा पर्नबाट बन्चित हुनेछ । यद्यपी दुवै खेलमा थोरै अन्तरको हारले पनि सुदूर शीर्ष चारमा रहेर प्लेअफ पुग्न सक्नेछ ।

पोखरा एभेन्जर्सका लागि पनि अन्तिम खेल प्रतिष्ठाको लागि मात्र हुनेछ । ६ खेल खेल्दा २ खेल मात्र जितेको पोखराले ४ खेल हारेको थियो । अन्तिम खेल जित्दै पोखरा सुखद रुपमा लिग सकाउन चाहन्छ ।

दिनको दोश्रो खेलमा दिउँसो १ बजे पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *