सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल: बाघ भैरवविरुद्ध ब्राईट होराईन २-० ले विजयी

Thankot Times

थानकोट ।

कीर्तिपुरस्थित नेपाल एपीएफ स्कुलमा जारी दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार सम्पन्न दिनको पहिलो खेलमा ब्राईट होराईन चिल्ड्रेन्स होम मातातिर्थले जित आत्मसात गरेको छ । बाघभैरव माध्यमिक विद्यालय कीर्तिपुरमाथि ब्राइट होराईजन २-० ले विजयी भएको हो । 

ब्राईटका लागि कैलाश आले मगर र प्रवेश ठकुरीले समान १-१ गोल गरेका थिए। खेलमा ब्राईटका विनोद गुरुङ्ग प्लेयर अफ दि म्याच चुनिए ।

यसैगरी बिहीबार नै सम्पन्न दिनको दोश्रो तथा अन्तिम खेलमा जावलाखेलस्थित डी.ए.भी. सुशिल केडिया स्कुल र नेपाल एपीएफ स्कुल कोहलपुरले ३-३ गोलको बराबरीमा खेल सकाए ।

खेलमा डी.ए.भी. का लागि अनुज थापा-२, मानस बमले १ गोल गरेका थिए भने नेपाल एपीएफ स्कुल कोहलपुरको तर्फबाट मिराज सुनारको नाउँमा ह्याट्रिक रह्यो । मिराज खेलको प्लेयर अफ दि म्याच चुनिए । प्रतियोगिता अन्तर्गत शुक्रबार तीनवटा खेल हुनेछन् । जहाँ जनसेवा मावि कीर्तिपुरले सांग्रीला पब्लिक स्कुल काठमाण्डौको सामना गर्नेछ ।

दिनको दोश्रो खेलमा जेम्स स्कुल धापाखेलले सैनिक आवासीय महाविद्यालय सल्लाघारीको चुनाैती सामना गर्दा दिनको तेस्रो तथा अन्तिम खेलमा नेपाल पुलिस स्कुल साँगा विरुद्ध मातातिर्थको ब्राईट होराईजन चिल्ड्रेन्स होमले प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगितामा उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर) १६, काभ्रे जिल्लाबाट १ र बाँकेको नेपाल एपीएफ कोहलपुरबाट १ गरि जम्मा १८ विद्यालयका १९ टिमले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गरिरहेका छन् । 

आइतबार सुरु भएको प्रतियोगिता फागुन ८ गतेसम्म सञ्चालन हुनेछ।

प्रतियोगिताको विजयी टिमले ६० हजार नगद प्राप्त गर्नेछ। दोस्रोले २० हजार रुपियाँ पाउने छ भने तेस्रो टिमले १० हजार नगद प्राप्त गर्नेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *