एनआरटीलाई बुढासुब्बा गोल्डकपको उपाधि, चर्च ब्वाइज २-१ ले स्तब्ध
थानकोट ।
२५औं संस्करणको बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि न्युरोड टिम (एनआरटी) ले जितेको छ ।
शनिबार धरानमा भएको फाइनलमा ए डिभिजन लिग विजेता चर्च ब्वाइजलाई २-१ ले पराजित गर्दै एनआरटीले लगातार दोस्रो पटक उपाधि जितेको हो ।
खेलमा हेनरी पोकुले दुई गोल गरेपछि एनआरटीले एक गोलले पछि परेको स्थिती उल्टाउँदै पुनरागमन जित निकालेको हो ।
एनआरटीले लगातार दोस्रो र समग्रमा तेस्रो पटक बुढासुब्बा गोल्डकपको उपाधि जितेको हो ।
एनआरटीले पहिलो २०६४ सालमा बुढासुब्बा जितेको थियो ।













