सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल: ग्रीन भिलेज एजुकेशन फाउण्डेशन क्वाटरफाइनलमा
थानकोट ।
ग्रीन भिलेज एजुकेशन फाउण्डेशन कीर्तिपुरस्थित नेपाल एपीएफ स्कुलमा जारी दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको अन्तिम ८ मा प्रवेश गरेको छ ।
ग्रीन भिलेज सेकेण्डरी स्कुलको चुनाैती २-० ले पन्छाउँदै ग्रीन भिलेज एजुकेशन फाउण्डेशन प्रतियोगिताको क्वाटरफाइनल चरणमा प्रवेश गरेको हो । ग्रीन भिलेज एजुकेशन फाउण्डेशनलाई विजयी गराउन सोप्निल बस्नेतले २ गोल गरे । उनी खेलको म्यान अफ दि म्याच चुनिए ।
प्रतियोगिता अन्तर्गत मंगलबार प्रि-क्वाटरफाइनल चरणका दुई खेल हुनेछन् ।
दिनको पहिलो खेलमा डी.ए.भी. सुशिल केडिया स्कुलले जनसेवा माविको समाना गर्दा दोश्रो खेलमा नेपाल एपीएफ स्कुल कोहलपुर विरुद्ध सांग्रीला पब्लिक स्कुलबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर) १६, काभ्रे जिल्लाबाट १ र बाँकेको नेपाल एपीएफ कोहलपुरबाट १ गरि जम्मा १८ विद्यालयका १९ टिमले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गरिरहेका छन् ।
गत आइतबारबाट सुरु भएको प्रतियोगिता फागुन ८ गतेसम्म सञ्चालन हुनेछ।
प्रतियोगिताको विजयी टिमले ६० हजार नगद प्राप्त गर्नेछ।
दोस्रोले २० हजार रुपैयाँ पाउने छ भने तेस्रो टिमले १० हजार नगद प्राप्त गर्नेछ।













