महिला फुटबल टिमको फिफा वरियतामा नेपाल टप १०० भित्र
थानकोट ।
नेपाली महिला राष्ट्रिय टिमको फिफा वरियतामा सुधार भएको छ ।
नेपालले चार स्थानको सुधार गर्दै ९९औं स्थानमा उक्लिएको छ । यसअघि नेपाल १०३ स्थानमा थियो ।
हालै काठमाडौँमा सम्पन्न अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा गरेको प्रदर्शनपछि नेपालको वरियतामा सुधार भएको हो ।
नेपाली महिला टिमको फिफा वरियतामा अहिलेसम्मको उच्च वरियता ९१औं स्थान हो भने सबैभन्दा कमजोर वरियता ११९औं स्थान हो ।
त्यस्तै महिला फुटबलको वरियताको शिर्ष स्थानमा अमेरिका रहेको छ ।
त्यस्तै छिमेकी मुलुक भारत ६९औं स्थानमा छ भने नेपाललाई अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा हराएको म्यानमारको वरियता ५५औं रहेको छ ।












