कराते स्टार एरिका गुरुङलाई कराते वान प्रिमियर लिगमा कास्य पदक
थानकोट ।
एरिका गुरुङले कराते वान प्रिमियर लिगमा ऐतिहासिक कास्य पदक जितेकी छन् ।
महिला ६८ केजीमाथी तौल समूहमा आइतबार तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा फ्रान्सेली खेलाडी क्लेमेन्स पिएलाई ६-२ ले पछि पार्दै गुरुङले कास्य पदक हात पारेकी हुन् ।

सेमिफाइनलमा स्पेनी खेलाडीसँग बराबरी अंक जोडेपनि सेन्सुका आधारमा पराजित भएपछि एरिकाले कास्य पदकका लागि खेलेकी हुन् ।
विश्वकै शीर्ष ३२ खेलाडी मात्र खेल्ने करातेको विश्वकै प्रतिष्ठित लिग माने कराते वान प्रिमियर लिगमा पदक जित्ने एरिका पहिलो नेपाली खेलाडी बनेकी छन् ।
पछिल्लो समय एरिका नेपाली खेलकुदको स्टारको रुपमा छिन् । उनले १९औं एसियन गेम्स र एसियन कराते च्याम्पियनसिपमा ऐतिहासिक रजत जितिसकेकी छन् ।
तस्वीरः नेपाल कराते महासंघ












