टोखा नगरपालिकामा सार्वजनिक जग्गा खाली गर्न १५ दिने सूचना, चन्द्रागिरिमा कहिले टाँस होला ?
थानकोट ।
टोखा नगरपालिकाले आफ्नो क्षेत्रभित्रका नदी करिडोर तथा सार्वजनिक एवं सरकारी जग्गामा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन सूचना जारी गरेको छ।
नगर कार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईद्वारा जारी सूचनाअनुसार नदी करिडोर तथा सार्वजनिक जग्गामा अनधिकृत रूपमा निर्माण गरी निजी उपयोगमा रहेका भौतिक संरचना सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र स्वयं हटाउन आग्रह गरिएको छ।
तोकिएको समय सीमाभित्र संरचना नहटाए प्रचलित कानुनअनुसार आवश्यक प्रक्रिया अघि बढाइने र सम्बन्धित सरोकारवालालाई जानकारी गराइने सूचनामा उल्लेख गरिएको छ।
नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गाको संरक्षणमा सहयोग गर्न स्थानीयवासीलाई अनुरोध गर्दै अतिक्रमण हटाउने कार्यमा सहकार्य गर्न आग्रह गरेको छ।
काठमाडौँ उपत्यकाको मुख्य भागमा अतिक्रमण हटाउने कार्य तीव्र बनेसँगै देशका विभिन्न स्थानमा सार्वजनिक जग्गा खाली गर्ने अभियान विस्तार हुँदै गएको सन्दर्भमा उक्त सूचना जारी गरिएको हो।
सूचना हेराैं











