बत्तीको चीम फेर्ने क्रममा करेन्ट लाग्दा दक्षिणकालीमा एक जनाको ज्यान गयो
थानकोट ।
करेन्ट लागेर काठमाडौंमा एकजनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार दक्षिणकाली नगरपालिका-८, छैमलेमा ६२ वर्षीय सीताराम वाइवाको करेन्ट लागेर बुधबार साँझ मृत्यु भएको हो ।
आफ्नै घरमा बत्तीको बल्व फेर्ने गर्ने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए ।
सो पछि मनमोहन सामुदायिक अस्पताल फर्पिङ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।










