विस्थापित सुकुम्बासी बस्तीका ४१ विद्यार्थीलाई विद्यालयमा अध्ययनको व्यवस्था गरियो

Thankot Times

थानकोट ।

सुकुम्वासी बस्ती हटाइएपछि कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका बालबालिकाका लागि विद्यालय शिक्षा निरन्तरता दिने व्यवस्था गरिएको छ ।

काठमाडौँ महानगरपालिकाले राधास्वामी सत्संग भवनमा आश्रय दिइएका ४१ जना विद्यार्थीलाई कीर्तिपुरस्थित जनविकास माध्यमिक विद्यालयमा अध्ययनको वातावरण मिलाइएको जनाएको छ ।

महानगरका अनुसार पठनपाठनबाट बालबालिका वञ्चित नहुन् भन्ने उद्देश्यले तत्कालका लागि विद्यालय भर्ना र आवश्यक व्यवस्थापनको काम अघि बढाइएको हो ।

होल्डिङ सेन्टरमा खटिएका महानगर प्रहरीका अनुसार हालसम्म ४१ जना विद्यार्थीको विवरण संकलन गरिएको छ ।

उनीहरूको विद्यालय पोसाक व्यवस्थापनका लागि नाप लिने कार्यसमेत सुरु गरिएको छ ।

हालसम्म ३५ जना विद्यार्थीको ड्रेसको नाप लिइसकिएको जनाइएको छ ।

महानगरपालिकाले विस्थापित परिवारका बालबालिकाको नियमित शिक्षामा असर नपरोस् भन्ने उद्देश्यले अस्थायी रूपमा यो व्यवस्था गरिएको स्पष्ट पारेको छ ।

हाल कीर्तिपुरस्थित उक्त होल्डिङ सेन्टरमा १९२ जना बसोबास गरिरहेका छन् । तीमध्ये ७७ पुरुष, ५० महिला, ३४ बालक र ३१ बालिका रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *