मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचार भेट
थानकोट ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीसँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जोले शिष्टाचार भेट गरेकी छन् ।
सिंहदरबारस्थित मन्त्रालयमा आज भएको सो भेटमा महिला सशक्तीकरण, बाल अधिकार संरक्षण, लैंगीक समानता, अपांगता भएका व्यक्तिको अधिकार, ज्येष्ठ नागरिकको सम्मानजनक हेरचाह तथा सामाजिक समावेशीकरणका विषयमा छलफल भएको मन्त्रीका स्वकीय सचिव टेकेन्द्र विश्वकर्माले जानकारी दिए ।
मन्त्री वादीसँग बुधबार मात्रै नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेका थिए ।










