रास्वपा शिक्षा विभाग प्रमुखमा मिलन पाण्डे मनोनीत
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन गरेको छ ।
बैशाख २७ गते बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए ।
त्यस्तै, स्टार्टअप विभागको प्रमुखमा डाक्टर प्रभात अधिकारी, र्यापिड एक्सन टिम (र्याट)को केन्द्रीय विभाग प्रमुखमा बैकुण्ठ थापा (आशिष) मकवानपुर र उपप्रमुखमा पूर्वडीआईजी विदुर खड्कालाई मनोनयन गरेको छ।










