एसइई- २०८२ को नतिजा सार्वजनिक, ६५.९८% विद्यार्थी ‘ग्रेडेड’
थानकोट ।
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गरेको छ ।
सोमबार सार्वजनिक नतिजाअनुसार, २०८२ सालमा सञ्चालित एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’ भएका छन् ।
नतिजाअनुसार, जीपीए ३.६ देखि ४ सम्म ४८ हजार ३९२ जना, जीपीए ३.२ देखि ३.६ सम्म ८० हजार ३७२ जना, जीपीए २.८० देखि ३.२० सम्म ९४ हजार २२२ विद्यार्थी ग्रेडेड भएका छन् ।
त्यस्तै, जीपीए २.४० देखि २.८० सम्म ५५ हजार ९७७ जना, जीपीए २.० देखि २.४ सम्म पाँच हजार १९० जना, जीपीए १.६ देखि २.० सम्म सातजना वर्गीकृत भएका छन् ।
परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो ।
यसपालि ४.१७ प्रतिशतले नतिजामा सुधार आएको हो । गत वर्ष एसइईमा ६१.८१ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’ भएका थिए ।
यसवर्ष एसइईपरीक्षामा ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए । नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षाका लागि फारम भरेका थिए ।
जसमा दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना छन् ।
एसइई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो ।
बोर्डले परीक्षा सकिएको २९ दिनमा सोमबार राति एसइईको नतिजा सार्वजनिक गरेको हो ।नतिजा भने केहीबेर पछि मात्रै वेबसाइटमा देख्न सकिने छ ।
नतिजा हेर्ने तरिका
नेपाल टेलिकम: १६०० (SMS/USSD र IVR सेवा)
जानकी टेक्नोलोजी: ३५००१ (SMS सेवा मात्र)
एम्बिसन गुरु: ३१०६१ (SMS सेवा मात्र)
वेबसाइटबाट कसरी ?
आधिकारिक सरकारी साइट: www.see.gov.np र www.neb.gov.np
नेपाल टेलिकम: www.see.ntc.net.np
कान्तिपुर पब्लिकेसन्स: www.ekantipur.com
इडियु सञ्जाल: www.see.edusanjal.com
खल्ती: https://khalti.com/app










