शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि दरखास्त आह्वान

Thankot Times

थानकोट ।

शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र सदस्य पदमा नियुक्तिका लागि योग्य उम्मेदवारहरूबाट दरखास्त आह्वान गरिएको छ।

आज (शुक्रबार) प्रकाशित सूचना अनुसार आयोगमा एक जना अध्यक्ष र एक जना महिलासहित दुई जना सदस्य पदमा नयाँ नियुक्ति गर्नका लागि यो प्रक्रिया अगाडि बढाइएको हो। इच्छुक तथा योग्य नेपाली नागरिकले आगामी २०८३ साउन १५ गते कार्यालय समयभित्र आफ्नो दरखास्त पेस गरिसक्नुपर्नेछ।

​उम्मेदवारका लागि आवश्यक पर्ने न्यूनतम योग्यता, दरखास्त फारम तथा दरखास्तका साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू लगायतका विवरणहरू शिक्षा तथा खेलकुद मन्त्रालय र आयोगको वेभसाइटमा उपलब्ध गराइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *