त्रिवि कार्यकारी परिषद्ले पायो पूर्णता

Thankot Times

थानकोट ।

त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले पूर्णता पाएको छ ।

कार्यकारी परिषद्‌मा चारजनालाई नियुक्ति दिइएसँगै परिषद्ले पूर्णता पाएको हो । 

कार्यकारी परिषद् सदस्यमा त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन प्रा.डा. मोहनराज शर्मा, वनस्पति केन्द्रीय विभागका प्रमुख प्रा.डा. विजया पन्त, भूगोल केन्द्रीय विभागका प्रा. डा. कन्हैया सापकोटा र कानुन संकायका डिन प्रा.डा.डीएन पराजुली नियुक्त भएको त्रिविका प्रवक्ता नवीन्द्रप्रसाद भण्डारीले जानकारी दिए । 

त्रिभुवन विश्वविद्यालय ऐन २०४९ (संशोधन २०७७ असार ११) अनुसार परिषद्को अध्यक्ष उपकुलपति रहने व्यवस्था छ ।

त्रिवि कार्यकारी परिषद् सदस्यको नियुक्ति अनुमोदन त्रिवि सभाले गर्नेछ । 

त्रिविमा अब रेक्टर र रजिस्ट्रार नियुक्ति हुन बाँकी छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ