कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित

Thankot Times

थानकोट ।

राष्ट्रिय परीक्षा बोर्डले बिहीबार कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ ।

बोर्डका अनुसार परीक्षामा ७१ हजार ३१० परीक्षार्थी सहभागी भएका थिए ।

तीमध्ये सबै विषयमा ग्रेड प्राप्त गर्ने परीक्षार्थीको संख्या ५७ हजार ८९७ रहेको छ । यो ८१.१९ प्रतिशत हो ।

तीन परीक्षार्थीको परीक्षाफल रद्द गरिएको छ ।

नतिजामा प्राविधिक कारणले कुनै त्रुटि भएमा परीक्षा नियन्त्रण कार्यालयको मूल अभिलेखबाट सच्च्याइने उल्लेख छ ।

परीक्षाफल बोर्डको वेबसाइट, एसएमएस र आइभीआर सर्भिसबाट प्राप्त गर्न सकिनेछ ।

बोर्डले यही साउन २ र ३ गते मौका परीक्षा सञ्चालन गरेको थियो । रासस


Leave a Reply

Your email address will not be published. Required fields are marked *