जेष्ठ नागरिक भएको आधारमा टोपबहादुर रायमाझी कार्तिक २६ गते रिहा हुँदै

Thankot Times

थानकोट ।

भुटानी शरणार्थी प्रकरणमा जेलजीवन बिताइरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी कार्तिक २६ गते रिहा हुने भएका छन् ।

उनले ६५ वर्ष उमेर पुरा भएका कारण जेष्ठ नागरिकको सुविधा पाउन माग गर्दै अदालतमा निवेदन दिएका थिए ।

ज्येष्ठ नागरिकलाई तोकिएको कैद सजायमा २५ प्रतिशत छुट दिने व्यवस्था अनुसार रायमाझी छुट्न लागेका हुन् । रिहा भएपनि कानूनी व्यवस्था अनुसार रायमाझी सांसदको चुनाव लड्न पाउने छैनन् ।

यसअघि रायमाझीले २०६४, २०७०, २०७४ र २०७९ मा लगातार चारपटक चुनाव जितेका थिए । रायमाझी मन्त्री हुँदै उपप्रधानमन्त्रीसम्म भएका थिए ।

रायमाझीका निकटस्थ लिला केसीका अनुसार अहिले उनको बिगो पनि घटाएर १६ सय मात्रै बनाइएको छ ।

‘२५ गते नै रिहाको समय पुग्ने भएपनि २६ गते बिहान निस्कने कुरा भएको छ, त्यसपछि उच्चमा मुद्दा गएसँगै यसको किनारा लाग्छ,’ उनले भने ।

फाइल फोटो


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ