नेपाल प्रिमियर लिग क्रिकेट-२०२६: सुदूरपश्चिम रोयल्ससँग हार्‍यो कर्णाली याक्स

Thankot Times

थानकोट ।

नेपाल प्रिमियर लिग क्रिकेटअन्तर्गत शुक्रबारको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध जित दर्ता गरेको छ ।

टीयू मैदानमा सुदूरपश्चिमले कर्णालीविरुद्ध ३९ रनको सानदार जित निकालेको हो ।

१ सय ७७ रनको लक्ष्य पछ्याएको कर्णालीले २० ओभरमा सात विकेट गुमाउँदै १ सय ३७ रन मात्रै बनाउन सक्यो  । कर्णालीका लागि डेभिड मिलरले ५५ बलमा ९३ रनको सानदार पारी खेले पनि जितका लागि पर्याप्त हुन सकेन ।

मिलरले एनपीएलको डेब्यु खेलमै सर्वाधिक रन बनाउने खेलाडीको कीर्तिमान पनि बनाएका छन् । मिलरलाई कर्णालीका कुनै पनि ब्याटरले गतिलो साथ दिन नसक्दा उनको ९३ रनको अविजित पारी खेर गयो ।

आजको जितसँगै सुदूरपश्चिम अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *