आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस

Thankot Times

थानकोट ।

अन्तर्राष्ट्रिय मातृभाषा दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । हरेक वर्षको फेब्रुअरी २१ मा यो दिवस मनाउने गरीन्छ । “यो भाषाहरुको ब्रह्माण्डमा हरेक शब्द एक तारा बराबर हुन्” भन्ने नाराका साथ यो दिवस मनाउने परम्परा सुरू भएको हो ।

यूनेस्कोले सन् १९९९ लाइ विशेष दिनको रुपको रुपमा स्वीकार गरे संगै संयुक्त राष्ट्रसङ्घ महासभाले सन् २००० देखि फेब्रुअरी २१ तारिखका दिनलाइ अन्तर्राष्ट्रिय मातृभाषा दिवसको रुपमा आह्वान गरेपछि विश्वभर यो दिवस मनाउन सुरु गरिएको हो ।

नेपालमा भने विसं २०६६ देखि विशेषरुपमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरिएको हो । सन् २००८ लाई अन्तर्राष्ट्रिय भाषा वर्षको रूपमा मातृभाषाको संरक्षणका लागिसंयुक्त राष्ट्र सङ्घको आह्वानमा जागरण स्वरूप मनाइएको थियो । नेपालमा बोलिने भाषाहरु १३१ वटा छन् । यसरी सबै भाषा रक्षा र संवद्र्धनमा सरोकारवाला निकायको ध्यान जान जरुरी छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *