कलंकी-महाराजगन्ज सडक विस्तार अघि स्थलगत निरीक्षण हुने

Thankot Times

थानकोट ।

चिन सरकारको सहयोगमा विस्तार हुन लागेको कलंकी-स्वयम्भू-गोंगबु-महाराजगन्ज चक्रपथ सडक खण्डको सम्बन्धित निकायले भोलि बिहीबार बिहान स्थलगत निरीक्षण गर्ने भएका छन्।

निर्माण सुरु हुनुअघि निर्माण प्रक्रियाका प्राथमिकताबारे जानकारी लिन स्थलगत निरीक्षण हुन लागेको हो।

निरीक्षणका लागि बिहान ९ बजे नै कलंकीको मकालु पेट्रोल पम्प अगाडि भेला हुने जानकारी गराइएको छ। 

उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ तथा नेपालका लागि चिनिया राजदूत “छन् सङ” लगायत सम्बन्धित निकायका प्रतिनिधि र निर्माण सम्बद्ध प्राविधिज्ञहरूले स्थलगत निरीक्षण गर्ने कार्यक्रम छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *