चन्द्रागिरिका मेयरसहित काठमाडाैंका ३ जना मेयर जाइकाको निमन्त्रणामा जापान प्रस्थान
थानकोट ।
जापान अन्तरार्ष्ट्रिय कर्पोरेसन एजेन्सी (जाइका) को निमन्त्रणामा नेपालका तीन वटा नगरपालिकाका मेयरहरू जापान प्रस्थान गरेका छन् । ‘प्रोजेक्ट फर स्ट्रेन्थिङ डिजेस्टर रिस्क गभर्नेन्स फर रिसेन्लियस इन काठमाडाैं भ्याली’ विषयक कार्यक्रममा सहभागिताका लागि काठमाडाैं उपत्यकाबाट तीन वटा नगरपालिकाका नगरप्रमुखहरू शनिबार जापान प्रस्थान गरेका हुन् ।
फेब्रुअरी २५ बाट मार्च ११ सम्म सञ्चालन हुने सो कार्यक्रमका लागि चन्द्रागिरि नगरपालिका पनि छनोट भए अनुसार मेयर घनश्याम गिरीले पनि सो कार्यक्रममा सहभागिता जनाउने नगरप्रवक्ता कृष्णप्रसाद खड्गीले जानकरी दिनुभयो ।
शनिबार जापान प्रस्थान गरेको मेयरहरूको टोलीमा भक्तपुरको सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा तथा काठमाडाैंको कागेश्वरी मनोहरा नगरपालिकामा मेयर उपेन्द्र कार्की पनि छन् ।
चन्द्रागिरि नगरपालिकामा हाल जापान सरकारको सहयोगमा नागढुङ्गा-सिस्नेखोला सुरूङ मार्ग निर्माण भइरहेको छ ।













