काठमाडौंमा दिउँसो ३ बजेपछि छिटपुट वर्षा हुनसक्ने

Thankot Times

थानकोट ।

काठमाडौं उपत्यकामा आज दिउँसो ३ बजेपछि छिटपुट वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जानाएको छ ।

तर, त्यो सम्भावना न्यून रहेको महाशाखाका मौसमविद् रोजन लामिछानेले बताए । “छिटपुट वर्षाको सम्भावना छ । तर, एकदमै न्यून सम्भावना हो । पानी परेको खण्डमा दिउँसो ३ बजेपछि, साँझतिर पर्न सक्छ,” उनले भने ।

काठमाडौं उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)मा छिटपुट वर्षाको न्यून सम्भावना रहेको उनले बताए ।

त्यसमा पनि यी जिल्लाका काठक्षेत्रमा त्यस्तो सम्भावना बलियो रहेको उनको भनाइ छ ।

उनका अनुसार देशमा तत्काल ठूलो पानी पर्ने सम्भावना भने छैन । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । स्थानीय मौसमी गतिविधिले पनि कहिलेकाहीँ वर्षा गराउन भूमिका खेल्न सक्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *