प्रदेश नामाकरण भएको ‘सेलिब्रेशन’ गर्न कोशी प्रदेशमा आज सार्वजनिक बिदा

Thankot Times

थानकोट । 

प्रदेश–१ मा आज सार्वजनिक बिदा दिइने भएको छ । गठन भएको पाँच वर्षपछि प्रदेश १ को नाम कोशी कायम भएको खुसीमा प्रदेश १ सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेश सभाबाट कोशी नाम पारित भएपछि बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आज सरकारी कार्यालय, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थाहरू बन्द रहनेछन् ।

पहिलो प्रदेश सभाले प्रदेश-१ को नाममा सहमति जुटाउन नसक्दा अन्य ६ वटै प्रदेशको नामकरण हुँदा पनि यो प्रदेशको नाम तय हुन सकेको थिएन । जसका कारण प्रदेश-१ का जनप्रतिनिधिको चर्को आलोचना भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *