बलम्बुमा तासमा झुमिरहेका घरबेटीसहित ९ जना प्रहरीको नियन्त्रणमा

Thankot Times

थानकोट । 

जुवा तासमा समय बिताउनेहरूका लागि महानगरीय प्रहरी प्रभाग बलम्बुले बढाउन थालेको छ । फाल्गुन १५ गते दहचोकमा जुवातासमा रमाइरहेका ७ जनालाई पक्राउ गरेको प्रहरी प्रभाग बलम्बुले अस्ती मंगलबार ९ जनालाई पक्राउ गरेको छ । 

नेपाल प्रहरीको नियमित समाचार बुलेटिनमा जनाइए अनुसार चन्द्रागिरि नगरपालिका-१२ बलम्बु बस्ने ५८ वर्षीय महर्जन थरका एक व्यक्तिको घरमा तास खेलिरहेको अवस्थामा घरधनी महर्जनसमेत ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ६७ हजार ९ सय १० रुपैयाँसहित पक्राउ गरेको उक्त समाचार बुलेटिनमा उल्लेख छ । सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ प्रहरीले जनाएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *