नागढुंङ्गा-मुग्लिन सडक विस्तार अन्तर्गत दुई खण्डको काम सुरु, एक खण्डको तयारी

Thankot Times

थानकोट । 

 नागढुङ्गा-मुग्लिन सडकखण्ड विस्तारको काम सुरु भएको छ ।

९५ किलोमिटर सडकखण्डलाई तीन वटा प्याकेज बनाएर विस्तारको काम अगाडि बढेको छ । नागढुङ्गा सुरूङ्ग मार्गदेखि नौबिसेसम्मको १२ किलोमिटर सडकलाई पहिलो खण्ड बनाएर विस्तारको काम अगाडि बढेको छ ।

अहिलेसम्म यसको प्रगति जम्मा १० प्रतिशतको हाराहारीमा छ । २०७९ जेठमा भ्याटसहित १ अर्ब ३१ करोड ८४ लाखमा २४ महिनाभित्र निर्माण सक्ने गरी विस्तारको जिम्मा सगुन कन्स्ट्रक्सन प्रालिले लिएको हो । ठेक्का सम्झौताको झण्डै एक वर्ष पुग्न लाग्दा पनि प्रगति आशातित हुन नसकेको छैन् ।

आयोजनाका प्रमुख ईश्वरबहादुर रिजालका अनुसार विद्युत, खानेपानी र रुख कटान जस्ता विषयहरुले सडक विस्तारको काम सोचेजस्तो रुपमा अगाडि बढाउन नसकिएको बताए । अहिले सो खण्डमा ठेकेदार कम्पनीले भित्ता काट्ने, रिटेनिङ्ग वाल लगाउने, नालीका लागि पूर्व तयारीका कामहरु गरिरहेको छ । आयोजना प्रमुख रिजालले सो खण्डमा पर्ने २ पुल मध्ये एउटाको काम थालिएको र अर्को पनि बनाउने तयारी सुरु भएको जानकारी दिए ।

विश्व बैंकको सहुलियतपूर्ण ऋणमा विस्तार गर्न लागिएको सडक बनेपछि राजधानी आवतजावतमा सहज हुने विश्वास गरिएको छ । अहिले राजधानी जाने मुग्लिन नारायणगढ सडक विस्तार भैसकेको छ भने पोखरा मुग्लिन सडकखण्ड विस्तारको क्रममा छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *