काभ्रेपलाञ्चोक केन्द्रबिन्दु भएर भूकम्पको धक्का
थानकोट ।
आइतबार बिहान काभ्रेपलाञ्चोक जिल्लाको दाप्चा क्षेत्र केन्द्र भएर भूकम्प गएको छ ।
बिहान ८ः०३ बजे ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का काभ्रेलगायत आसपासका जिल्लामा महसुस भएको थियो ।













