फागुका दिन २ हजार ५ सय सवारी चालकमाथि कारबाही

Thankot Times

थानकोट । 

ट्राफिक प्रहरीले नियम उलङघन गरेको कसुरमा सोमबार २ हजार ५ सय ५६  सवारी चालकलाई कारबाही गरेको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गर्ने ४ सय २६ जना रहेका छन भने लेन अनुशासन उल्लंघन गर्ने ९ सहित २ हजार ५ सय २६ जना सवारी चालकलाई कारबाही गरिएको हो ।

यसैगरी, रातो बत्तीमा नरोकिने ६१, अनावश्यक हर्न बजाउने १४, स्पष्ट नदेखिने नम्बर प्लेटसहित गुड्ने २७, अत्याधिक गतिमा सवारी हाँक्ने १०४ र अन्य गरी १९९५ जनालाई कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ