आज १ सय जना महिलालाई २ सय रूपैयाँमा चन्द्रागिरि केबलकारको टिकट
थानकोट ।
आज मार्च ८ अर्थात अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । यस अवसरमा आज १ सय जना महिला यात्रुहरूले २ सय रुपैयाँमै चन्द्रागिरि केबलकारको टिकट पाउने भएका छन् । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारी कम्पनीले मंगलबार यस्तो घोषणा गरेको थियो।
चन्द्रागिरि केबलकारका अनुसार बुधबार सर्वप्रथम टिकट लिने १ सय जना महिलाले यो अफर अनुसारको दरमा केबलकारको टिकट खरिद गर्न पाउनेछन् ।
कम्पनीले पछिल्लो १५ दिनदेखी हरेक शुक्रबार साँझ ५ बजेदेखी बेलुकी ९ बजेसम्म २ सय रूपैयाँमा केबलकारको टिकट उपलब्ध गराउँदै आएको छ ।














