मोटरसाइकल र स्कुटर ठोक्किँदा २ जनाको मृत्यु

Thankot Times

थानकोट । 

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१७ हटियाको कठायत चोकमा मोटरसाइकल र स्कुटर ठोक्किदा दुई जनाको मृत्यु भएको छ, दुई जना घाइते भएका छन् ।

बुधबार बिहान हेटौंडाबाट ठूलो दमारतर्फ जाँदै गरेको बा ६४ प ६६६४ नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०३–०५ प ७११ नम्बरको स्कुटर ठोक्किएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका–१८ भालुखोलाका अन्दाजी १८ बर्षका अर्जुन भम्जनलाई हेटौंडा अस्पताल पुर्‍याउनासाथ डाक्आटरले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए ।

यसैगरी स्कुटर चालक नुवाकोट ककनी गाउँपालिका–४ कि अन्दाजी २८ बर्षीया जिना लामालाई थप उपचारका लागि भरतपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

मोटरसाइकलको पछाडि सवार हेटौंडा–१८ रामधुनिका १६ बर्षीय सुजन घलानको टाउको, छाती, हात तथा खुट्टामा चोट रहेको र उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ