झण्डै ३ हजार सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

Thankot Times

थानकोट ।
शुक्रबार ट्राफिक नियम उल्लंघन गरेका २ हजार ९ सय ८४ जना सवारी चालक कारबाहीमा परेका छन् ।

काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार शुक्रबार मादक पदार्थ सेवन गरी सवारी हाँक्ने १ सय ७६ जना, लेन अनुशासन उल्लंघन गर्ने १ सय ७ जना तथा रातो बत्तीमा गुड्ने ५७ जना सवारी चालक कारबाहीमा परेका छन् ।

यसै गरी निषेधित क्षेत्रमा हर्न बजाउने ९१ जना, नम्बरप्लेट सही रूपमा नराख्ने १५ जना तथा तिव्रगतिमा सवारी हाँक्ने १ सयय ६२ जना चालक कारबाहीमा परेका छन् ।
ट्राफिक प्रहरीका अनुसार अन्य विविध कसुरमा २ हजार ३ सय ७६ जना चालक कारबाहीमा परेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ