चन्द्रागिरिमा बढ्दैछ मोटरसाइकल हराउने क्रम, हिजो नैकापबाट आज थानकोटबाट हरायो मोटरसाइकल

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगर क्षेत्रमा चोरीका घटनामा वृद्धि हुन थालेको छ ।

प्रहरी वृत्त थानकोटमा आइतबार चन्द्रागिरि १३ पुरानो नैकापबाट एक मोटरसाइकल हराएको सूचना दर्ता भएको छ । प्रहरीका अनुसार प्रदेश ३-०२-००७ प ९२४२ नम्बरको पल्सर मोटरसाइकल हराएको सूचना कार्यालयमा प्राप्त भएको हो । हराएको सो मोटरसाइकलको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यसैगरी सोमबार बिहान चन्द्रागिरि नगरपालिका ४ थानकोट पानीघाट नजिकैको गैरीगाउँबाट पनि मोटरसाइकल हराएको पिडितले बताएका छन् । यद्यपी प्रहरी वृत्त थानकोटले सो घटनाको सूचना दर्ता भइनसकेको जनाएको छ ।

साउन १५ गते चन्द्रागिरि नगरपालिका-४ केबलकारचोक नजिकैबाट दिउँसै मोटरसाइकल थियो । पीडितका अनुसार घर अगाडी पार्किङ गरि राखिएको अवस्थामा प्रदेश ३-०२-०११ प-२२३४ नम्बरको मोटरसाइकल हो ।

थानकोट क्षेत्रमा राति मात्र होइन दिउँसै मोटरसाइकल हराउन थाल्यो

यस्तै, साउन १९ गते चन्द्रागिरि नगरपालिका-७ थानकोट बस्ने गौरा पौडेलको घरबाट ल्यापटप १ थान र ३ थान मोबाइल बिहीबार बिहान चोरी भएको थियो ।

थानकोटमा श्रृङखलाबद्ध चाेरी, बिहानै चाेरी भयाे ल्यापटप र माेबाइल


Leave a Reply

Your email address will not be published. Required fields are marked *