नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने
थानकोट ।
आसन्न राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा नेपाली काँग्रेस पार्टीले पनि उम्मेदवारी दिने भएको छ ।
पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा शनिबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले राष्ट्रिय सभा अध्यक्ष निर्वाचनमा नेपाली कांग्रेस पार्टीका तर्फबाट उम्मेदवार दिने निर्णय गरेको बताइएको छ ।











