बागमती प्रदेश सभा बैठक आज बस्दै
थानकोट ।
बागमती प्रदेश सभा बैठक आज बस्ने तालिका रहेको छ ।
सो बैठक दिउँसो ३ बजे बस्ने बागमती प्रदेशसभा सचिवालय हेटौंडाले जनाएको छ ।
बैठक अघि दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ ।
प्रदेशसभा बैठकमा बजेट तथा कार्यक्रम व्यवस्थापन सम्बन्धी विशेष समितिले तयार गरेको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।











