रास्वपा सचिवालय बैठक बस्दै, उपनिर्वाचनको समीक्षा गरिने
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको छ।
पार्टी कार्यालयमा दिउँसो साढे ४ बजे बस्ने गरी बैठक बोलाइएको हो। बैठकमा इलाम-२ को उपनिर्वाचनको समीक्षा गरिने बताइएको छ।
वैशाख १५ गते इलाम-२ को उपनिर्वाचनमा रास्वपाको जमानत जफत भएको थियो।
बैठकमा संसद्को बर्खे अधिवेशन, समसामयिक राजनीतिक परिस्थिति र आगामी कार्ययोजनाबारे छलफल हुने रास्वपाले जनाइएको छ।










