राष्ट्रपति पौडेलले मंगलबार बस्ने संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

Thankot Times

थानकोट ।

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी मंगलबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

संघीय संसद् सचिवालयले शुक्रबार एक सूचनामार्फत मंगलबार दिउँसो ३ बजे राष्ट्रपति पौडेलले सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने जानकारी गराएको हो ।

संसद् सचिवालयले सबै सांसदलाई मंगलबार दिउँसो २ः४५ बजेभित्र औपचारिक पोसाकमा उपस्थिति भइसक्न भनेको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार संयुक्त बैठक आह्वान गरेका हुन् ।

मंगलबार आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम ल्याउने सरकारको तयारी छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *