सहकारी ठगी विरुद्ध काठमाडाैंको सडकमा नेपाली कांग्रेसको र्याली

Thankot Times

थानकोट।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति बनाएर छानबिन हुनुपर्ने माग राख्दै सदन अवरोध गरिरहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सडकबाट समेत दबाब दिन सुरु गरेको छ।

आइतबार दिउँसो २ बजेका लागि काठमाडौंस्थित प्रदर्शनी मार्गमा आयोजना गरिएको विरोध सभामा भातृ संगठनहरु नेपाल विद्यार्थी संघ, तरुण दल नेपाल, कांग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको छ।

र्यालीमा राष्ट्रिय सभा सदस्यसमेत रहेका कांग्रेस नेता कृष्णप्रसाद सिटौला, मीन विश्वकर्मा, गोपालमान श्रेष्ठलगायतका नेताहरुले सहभागिता जनाएका छन् ।

गृहमन्त्री लामिछाने संलग्न देखिएको सहकारीमा संसदीय समिति बनाएर छानविन हुनुपर्ने र पाटपोर्टको विषय पनि छानविनको दायरामा आउनुपर्ने उनीहरुको माग राख्दै संसदमा अवरोध गरेको कांग्रेस आजदेखि सडक प्रदर्शनमा उत्रिएको हो ।

र्यालीमा चन्द्रागिरि नगरका सबै वडाबाट नेपाली कांग्रेसका स्थानीय नेता कार्यकर्ताहरूले समेत सहभागिता जनाएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *