तत्काल मन्त्री फिर्ता नबोलाउने एमालेको निर्णय

Thankot Times

थानकोट ।

नेकपा एमालेले सरकारमा रहेका पार्टीका मन्त्रीहरूलाई तत्काल फिर्ता नबोलाउने निर्णय गरेको छ ।

मंगलबार बसेको एमाले सचिवालय बैठकले सरकारमा सहभागी पार्टीका मन्त्रीलाई तत्काल फिर्ता नबोलाउने निर्णय गरेको हो । 

बैठकपछि बोल्दै एमाले पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले मन्त्री तत्काल फिर्ता नबोलाउने जानकारी दिएका हुन् । उनले एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले आफूहरुसँग  छलफल नगरी प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग राष्ट्रिय सहमतिको सरकार बनाउने प्रश्ताव गरेपछि एमाले र कांग्रेस मिलेर सरकार बनाउने सहमति भएको बताए ।

उनले एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरूसँग  छलफल नगरी प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग राष्ट्रिय सहमतिको सरकार बनाउने प्रस्ताव गरेपछि एमाले र कांग्रेस मिलेर सरकार बनाउने सहमति भएको बताए ।

यस्तै एमालेले बुधबारसम्म राजीनामा दिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेको छ । एमालेले सरकारमा सहभागी हुन सबै दललाई आह्वान पनि गरेको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *