२०८२ वैशाखमा महाधिवेशन गर्ने रास्वपाको घोषणा

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशन मिति घोषणा गरेको छ ।

बुधबार पार्टी सभापति रवि लामिछानेले २०८२ वैशाख २५‚ २६ र २७  गते महाधिवेशन गर्ने जानकारी दिए ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको पार्टीको पहिलो राष्ट्रिय भेलामा आफ्नो राजनीतिक प्रतिवेदन वाचन गर्दै उनले सो कुराको जानकारी दिए ।

‘केन्द्रीय समिति आजदेखि महाधिवेशन आयोजक समिति भएको जानकारी गराउँछु‚’ उनले भने ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *