नेपाल प्रिमियर लिग क्रिकेटः सुदूरपश्चिमले लुम्बिनीलाई दियो १८८ रनको लक्ष्य
थानकोट ।
काठमाडाैंमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदुरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १८८ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार लुम्बिनीले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ४ विकेटको क्षतिमा १८७ रन जोड्यो।
सुदुरपश्चिमका लागि ओपनर सइफ जइबले ९० रनको योगदान गरे।
सुदुरपश्चिमले यसअघिका दुवै खेलमा जित निकालेको थियो।
लुम्बिनी भने दुवै खेलमा पराजित भएको थियो।
पहिलो खेलमा १९१ रन र दोस्रो खेलमा १७० रन बनाउदा पनि लुम्बिनीले खराब बलिङका कारण खेल गुमाएको थियो।
शनिबार नै दिउँसो १ः१५ बजे कर्णाली याक्स र विराटनगर किङ्ग्स भिड्दैछन्।














